संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१ स्थित नुनढाकीमा आइतबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चैनपुर बजारबाट बिहीबारेतर्फ यात्रु लिएर जाँदै गरेको बोलेरो जिप गन्तव्य नपुग्दै दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरूमा चैनपुर नगरपालिका-१ मैदाने निवासी वीरबहादुर लिम्बु र सोही वडाको पैरे गाउँ बस्ने १७…