अब कुनै चुनाव नलड्ने पूर्वमन्त्री रमेश रिजालको घोषणा

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश रिजालले आगामी चुनावमा आफू सहभागी नहुने स्पष्ट घोषणा गरेका छन्। जगरनाथपुर गाउँपालिका-५, मसिहानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै रिजालले प्रतिनिधिसभाको निर्वाचनमा पर्सा-४ बाट पराजित भइसकेको स्मरण गर्दै अब चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन्। रिजालले भने, “अब म चुनाव लड्दिनँ, तर जनताको सेवा जारी राख्नेछु। मेरो शिक्षा र मार्गदर्शन…