काठमाडौं । चार दिनको नेपाल भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकँग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुले आज पनि उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् । लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग…