काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सचिवालयकाअनुसार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उनले परराष्ट्र सल्लाहकारकारुपमा काम गरिरहेका छन् । उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । यस्तै प्रधानमन्त्रीको प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य नियुक्त भएका छन् भने जनसम्पर्क विज्ञमा…