स्वतन्त्र सांसद चौधरी एमालेमा प्रवेश

जनकपुरधाम । मधेस प्रदेश सभामा स्वतन्त्र निर्वाचित थप एक सांसद नेकपा एमालेमा प्रवेश गरेका छन् । रौतहटको निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य केशव राय चौधरी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । चौधरीलाई पार्टीका प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवले पार्टी प्रवेश गराएका छन्…