कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप समस्या देखिएको छ । नेता गिरिको न्युमोनिया गम्भीर अवस्थामा पुगेपछि बिहीबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएको छ । आईसीयूमा राखिएका बिरामीलाई पनि भेन्टिलेरको सहयोग पर्न सक्छ, जुन…