राष्ट्रपतिमा एमालेले उठाएको उमेदवारको सानदार जित हुन्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा एमालेले उठाएको उमेदवारले जित्ने दाबी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उमेदवारले जित्ने बताए । 'यो सरकार जुन पृष्ठभुमिको बन्यो, यो सरकार बन्दा जे…