काठमाडौं । काठमाडौंको त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका–१० चुन्वाङ घर भएका २८…