राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि सन्देशससहित फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् । आइतबार राष्ट्रिय सभामा फिर्ता विधेयकबारे जानकारी गराएकाले अब अर्को बैठकमा छलफल हुन सक्छ ।…