काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जियानचाओ र देउवाबिच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चियाचाओ आजै नेपाल आइपुगेका हुन्। गत मे महिनामा विभागको प्रमुखमा नियुक्त भएपछिको उनको यो पहिलो नेपाल भ्रमण हो।…