काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई 'लिपस्टिक लगाएर सुन्दरी' बन्ने भन्दै टिप्पणी गरेकी छिन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको विषयगत छलफलमा भाग लिने क्रममा उनी व्यक्तिगत टिप्पणीमा उत्रिएकी हुन्। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलका क्रममा एमाले सांसद चौधरी झाँक्रीले लगाएको लिपस्टिकको चर्चा गरेकी थिइन् ।…