काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, 'आगामी निर्वाचनका लागि…