सुर्खेत । कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तह सदस्यको निर्वाचन सकिएलगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थालेका छन् । वडाध्यक्षदेखि मेयरसम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जानेदेखि मृत्यु संस्कारमा खर्चको जोहो गर्नेसम्मका घोषणा भएका छन् । शपथपछि पदभार ग्रहण गर्दा उनीहरूले विभिन्न घोषणा गरिरहेका छन् । कर्णालीका सबै जिल्लाका स्थानीय तहमा नतिजा आइसकेको छ…