काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले अहिलेको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ। एमालेले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत जनाएको छ। 'राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरुलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो…