लन्डन । यस वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिसको फाइनल उपाधि सर्वियाली खेलाडी नोभाक जोकोभिचले उचालेका छन् । विश्व बरियता एक नम्बरका जोकोभिचले ग्रासकोर्टमा लामो समयदेखिको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिंदै लगातार चौथो विम्बल्डन उपाधी जित्न सफल भएका हुन् । सातौं विम्बल्डन जित्ने क्रममा ३५ वर्षीय जोकोभिचले अष्ट्रेलियन किर्गियोसलाई ४-६, ६-३, ६-४ र ७-६ को सेटमा…