काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । मकवानपुर, कैलाली, मोरङ र सुनसरीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट ७ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ…