काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको छ । सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकको सल्लाहमा थाइल्याण्ड लागिएको उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ…