समानुपातिकको २ करोड ८ लाख ३० हजार मतपत्र छपाई

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनका अनुसार, प्रत्यक्षतर्फ पनि २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ । माघ १७ शनिबार बेलुकासम्म ३०…