काठमाडौं । एमालेका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षले प्यानलमा नराखेपछि उनले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका हुन् । सुहाङ एमालेका दिवंगत नेता सुभाष नेम्वाङका सुपुत्र हुन् । पिताको देहावसानपछि उनको बिडो थाम्ने अठोटसहित उनी राजनीतिमा होमिएका थिए । छोटो समयमै उनले पिताजस्तै शालीन र असल युवा नेताको परिचय बनाएका…