मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग, समर्थन फिर्ता

काठमाडौँ । मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारबाट जनमत पार्टी बाहिरिएको छ। संसदीय दलभित्र नेतृत्व परिवर्तनसँगै पार्टीले सरकारप्रति दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। दलका बहुमत सदस्यहरूको निर्णयअनुसार संसदीय दलको नेतृत्व परिवर्तन गरिएको छ। पार्टी अध्यक्ष डा. सिके राउतले पूर्व नेता महेशप्रसाद यादवलाई पदमुक्त गर्दै चन्दनकुमार सिंहलाई नयाँ नेता नियुक्त गरेको जानकारी दिइएको…