थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज

कैलाली । थारु समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ मंगलबार (आज) उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदै छ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेष गरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका…