फिफा विश्वकपमा छनोट हुने २०औँ टिम बन्यो अल्जेरिया

काठमाडौं । अल्जेरिया आगामी वर्ष उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकपमा छनोट हुने २०औँ टिम बनेको छ । बिहीबार मिलौद हदेफी रंगशालामा भएको अफ्रिकन छनोट अन्तर्गतको खेलमा घरेलु टोली सोमालियावरुद्ध ३–० को सहज जित निकाल्दै अल्जेरियाले पाँचौँपटक विश्वकप यात्रा तय गरेको हो । यसअघि अल्जेरियाले १९८२, १९८६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो ।…