तिलिचो घुम्न गएका १३ जना अझै बेसक्याम्पमा अलपत्र, उद्दारका लागि आग्रह

धादिङ । मनाङ्गको तिलिचो घुम्न गएका धादिङ नीलकण्ठ नगरपालिकाका ९ जनासहित १३ जना नेपाली र दुई जना चिनियाँ नागरिक बेसक्याम्पमै रोकिएका छन् । रोकिएका नेपालीमध्ये एक जनाको खुट्टामा समस्या देखिएकाले उनी तल फर्किन नसकेको प्रहरीले जनाएको छ । निरन्तर हिमपातका कारण बाटो अवरुद्ध हुँदा उनीहरू फर्किन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले…