बर्खामा बीपी राजमार्ग अवरोध हुन नदिन अस्थायी संरचनाको भर

काभ्रे । अघिल्लो वर्ष असोजमा रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अवरोध हुन नदिन अस्थायी संरचनामार्फत प्रयास गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले यसपालि बर्खामा आवश्यक सतर्कता अपनाउँदै अस्थायी संरचना निर्माण गरेको जनाएको छ । काभ्रेको चौकीडाँडा, मङ्गलटार, माम्तीलगायतका क्षेत्रमा ग्याबिन जालीको पर्खाल लगाइएको छ । बाढी पहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन…