एनपीएलमा अनलाइन सट्टेबाजी गराउने ८ जना भारतीय पक्राउ

काठमाडौं । कीर्तिपरको त्रिवि क्रिकेट मैदानमा चलिरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन ‘बेटिङ’ अर्थात् सट्टेबाजी गराउने ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतको आन्ध्र प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय…