एघारौँ अन्तरराष्ट्रिय ब्राह्मण सम्मेलन पशुपति क्षेत्रमा

काठमाडौँ । जन्म र कर्म दुवै आधारमा ब्राह्मण भएकाहरुको ११औँ अन्तरराष्ट्रिय सम्मेलन यही मङ्सिर १२, १३ र १४ गते काठमाडौँमा हुने भएको छ । ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट नेपाल शाखाको आयोजनामा तीनदिने सम्मेलन गर्न लागिएको संयोजक धर्मराज बरालले जानकारी दिए । सम्मेलनमा नौ वटा देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको पनि उनले सुनाए । अन्य देशबाट…