काठमाडौं । पाकिस्तानमा मुसल्धारे वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० जना पुगेको छ । बिहीवारयताको विपद्का कारण सबैभन्दा धेरै प्रभावित खैबर पख्तुनख्वाको बुनर जिल्ला परेको छ । बुनरमा मात्रै दुई सय भन्दा धेरैको ज्यान गएको छ । कतिपय बेपत्ता छन् । त्यस्तै बाजुर, डिर, शाङ्ला, मन्सेहरा र कोहिस्तानमा जिल्लामा…