काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको भीषण बाढीले बस्ती नै सखाप पारेको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यद्यपि त्यहाँ जनधनको ठूलो क्षति भएको अनुमान गरिएको छ । हर्षिल क्षेत्रको खीरगंगा गदेरेमा एक्कासि लेदोसहितको बाढी आएको हो । धराली निवासी आस्था पवारले बीबीसीसँगको कुराकानीमा घटनाबारे भनिन्, 'मेरो घरबाट तलको दृश्य…