काठमाडौं । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय टोलीको घोषणा गरेको हो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । टोलीमा रोहित र दीपन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की,…