आन्द्रे रसेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। ३७ वर्षीय रसेलले अस्ट्रेलियाविरुद्ध सबिना पार्कमा खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलपछि क्रिकेटलाई विदाई गरे। आफ्नो जन्मभूमि जमैकाको मैदानमै अन्तिमपटक खेल्दै उनले १५ बलमा आक्रामक ३६ रन बनाए, जसमा ६ छक्का र २ चौका सामेल थिए। उनले खेलपछि दर्शक र वेस्टइन्डिज क्रिकेट बोर्डप्रति आभार व्यक्त…