काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ ।…