सुनिताले फिर्ता लिइन गोविन्दाविरुद्धको सम्बन्धविच्छेद मुद्दा

मुम्बई । गत वर्षदेखि नै गोविन्दा र सुनिता आहुजाको वैवाहिक सम्बन्धमा आएको खटपट र उनीहरूको सम्बन्धविच्छेद सम्बन्धी विभिन्न चर्चा परिचर्चा चलिरहेको छ । अब गोविन्दाका म्यानेजर शशि सिन्हाले सुनिता आहुजाले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन्। सुनिता आहुजालाई मुम्बईको बान्द्रास्थित अदालतमा देखिएको थियो, यद्यपि त्यसको कारण भने खुलेको थिएन। लामो समय…