पानीजहाज विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेकाे विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म…