काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभ बिच बुधबार दुईपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भएको भेटवार्तामा नेपाल–तुर्कमेनिस्तानबिचको आपसी सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण सहकार्यसम्बन्धी सत्रलाई सम्बोधन गरेका…