काठमाडौं । सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपमा देशहरूमा संस्थागत प्रक्रियाबाट पठाउने गरी तयारी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आउँदो जुलाईदेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया शुरू गर्ने बताए । वैदेशिक रोजगार नीतिअनुसार नेपालीलाई कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी…