काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि भारतीय टोली घोषणा भएको छ । मुम्बईमा रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालयमा बीसीसीआईका सचिव देवजित सैकियाले प्रमुख चयनकर्ता अजित आगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीको उपकप्तानमा अक्षर पटेल रहेका छन् । ईशान किशन र रिंकु…