लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव आज बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा हिजो दिउँसो करिब १ः५० बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालबालिकामध्ये १० वर्षीय रमलुल्लाह र सवनम खातुनको शव फेला परेको हो । मंगलबार अबेर रातिसम्म खोजी…