कोलकाता । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो । टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गरेको हो । कप्तान एमएस धोनी १७ रन बनाएर अविजित फर्किएका छन् ।…