चितवन । देशैभरको वायु प्रदूषित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरूले खेतबारीमा संकलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेष गरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ । वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा. शीतल…