पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा ‘ओभरपास’ निर्माण शुरू

सिराहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माण शुरू भएको छ । चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुपले ओभरपास निर्माण थालेको हो । सप्तरीको कञ्चनपुरबाट सिराहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिराहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको शहीद स्मारक हटाएसँगै ‘ओभरपास’…