सामाजिक सञ्जाल दर्ताको लागि सरकारको अर्को ताकेता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालनकर्ताहरूलाई सूचीकृत हुनको लागि फेरि ताकेता गरेको छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न जारी गरिएको निर्देशिका बमोजिम नेपालमा सूचीकृत हुनका लागि पटक–पटक आग्रह गर्दा पनि सामाजिक सञ्जाल कम्पनीहरूले सम्पर्क नगरेको भन्दै मन्त्रालयले फेरि सूचना निकालेर ताकेता गरेको हो । मन्त्रालयले पछिल्लो पटक चैत ७ गते…