काठमाडौं । प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले…