सरकारले अब गियर परिवर्तन गर्नुपर्‍यो : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले अब गियर परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गियर बढाउनुपर्ने बताएका हुन् । सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने भन्दै भने, ‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन…