नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरिले बताए । राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट…