काठमाडौँ । गुडिरहेको मोटरसाइकलमा असुरक्षित ढंगले उभिएर भिडियो बनाएको घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ। सिरहा-१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानमा उपस्थित भई तोकिएको जरिबाना स्वयं बुझाएको प्रहरी स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गुप्ता चलिरहेको बुलेट…