हरेक पालिकामा आपतकालीन गोदामघर व्यवस्थापन गरिने

काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित हरेक पालिकामा आपत्कालीन गोदामको व्यवस्थापन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन…