सुन चोरी गर्न पाकिस्तानबाट नेपालमा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन् । उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरिएको प्रहरीले जनाएको छ…