संविधानअनुसार मैले राजीनामा दिनुपर्ने कारण छैन : मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू संविधानअनुसार चल्ने बताए । उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार छैन । हामी संविधान अनुसार चल्ने…