धादिङ । अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको छ । धुनीवेशी नगरपालिकास्थित वडा-९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लोदो सहितको पहिरो आउँदा सडक विहानैदेखी दुबैतर्फ बन्द भएको हो । सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागी आएका सवारीका साधनहरु रोकिएका छन् ।…