काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आयोगको रिक्त उपाध्यक्ष पदमा नेपाललाई नियुक्त गर्ने मन्त्रीपरिषद् बैठकले…