तुइन खोलाको पहिरो भोलि दिउँसो मात्रै पन्छाइ सकिने

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको विशाल पहिरो बिहीबार दिउँसोसम्म पन्छाएर यातायात सुचारु गर्ने सडक डिभिजन भरतपुरले जनाएको छ । मंगलबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि यात्रुहरूले सास्ती भोगिरहेका छन् । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो तुइन खोलामा १२ हजारदेखि १४ हजार घनमिटरको विशाल पहिरो खसेको थियो, जसमा ठूला चट्टान र माटोको थुप्रोले सडक…