धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णभीरमा नदीले कटान गरी सडक भासिएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। सडक भासिएसँगै काठमाडौं भित्रिने र बाहिरिने मुख्य राजमार्ग ठप्प हुँदा हजारौँ यात्रु तथा सवारी साधनहरू बिच बाटोमै अलपत्र परेका छन्। प्रहरी र स्थानीय प्रशासनका अनुसार सडक पूर्ण रूपमा क्षति भएकाले तत्काल साना तथा ठूला…